दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त

राष्ट्रपतिले अधिवक्ता डा.दिनमणि पोखरेललाइ महान्यायाधिवक्तामा नियुक्ति गर्नुभएकाे छ । प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्नुभएकाे हाे ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार पाेखरेलकाे नियुक्ति भएके हाे ।

अधिवक्ता पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर, नेदरल्याण्डबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा प्रतिलिपि अधिकारकाे विषयमा विद्यावारिधि गर्नुभएकाे छ ।

नयाँ सरकार गठन सँगै प्रधानमन्त्री एवं मन्त्रिपरिषद् र सरकारवादी हुने मुद्दाहरूमा महान्यायधिवक्ता कार्यालयले कानुनी सल्लाह दिने एवं सरकारले लिएका निर्णयहरूकाे कानुनी वचाउमा काम गर्ने गर्दछ ।

Facebook Comments