मैत्रीपूर्ण फुटबलमा स्पेनी क्लब कासेरेन्याेद्वारा गण्डकी ११ पराजित

स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब कासेरेन्योले मैत्रीपूर्ण फुटबल खेलमा गण्डकी—११ माथि सहज जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न खेलमा पाहुना टोली कासेरेन्योले गण्डकीमाथि ३—० को फराकिलो जित निकाल्दै घरेलु टोलीलाई निरास पारेको हो ।

कासेरेन्योले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरी सहज जित निकाल्यो । कासेरेन्योको जितमा कार्मेलो, मिचेल कारिलेरो र बेर्मुले समान एक÷एक गोल गर्नुभयो ।

खेलको २३ औं मिनेटमा कार्मेलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउनुभएकामा ३० औं मिनेटमा मिगुएलले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । खेलको ९० औँ मिनेटमा बेर्मुले गोल गरेपछि घरेलु टोलीलाई फराकिलो अन्तरले हराउँदै कासेन्योले खेल जितेको हो ।

Facebook Comments