पाेखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

यति एअरलाइन्सकाे विमान पाेखरा विमानस्थलमा दुर्घटनामा परेकाे छ ।

काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हाे ।

जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको बताइएकाे छ । जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार यति एयरको एटिआर विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो। आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ । विस्तृत विवरण भने आउन बाँकी छ । उद्दार कार्य जारी छ ।

Facebook Comments