निराश हुने हैन, आत्मविश्वास बढाउन प्रहरी, डाक्टर र वकिलको सुझाव
कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाह? बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीह?को संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरू लामो कथा लेखेर मृत्युवरण गर्न अभिषप्त भएका छन् । आखिर यो परिस्थितिको कारक हो र समस्याबाट निस्कने कसरी ?
पोखरा उद्योग वाणिज्य संघले आइतबार यही विषयको वरपर रहेर अन्तरसंवाद कार्यक्रमको आयोजना ग¥यो ।
‘उद्योगी÷व्यवसायीहरू माथिका चुनौती र उत्पन्न निराशाः सकारात्मक सोच,कर्म अनि उज्यालोतिरको यात्रा’ विषयक अन्तरक्रिया कार्यक्रममा अग्रज महिला उद्यमी रामकली खड्काले आग्रहको भाषामा भन्नुभयाे, ‘व्यवसायीसँग ऋण त हुन्छ तर कर्जा उठाउने नाममा कर र भ्याटले छापा मार्दा पसलसम्म मात्रै छापा मारे हुन्थ्यो, साना नानीबाबुहरू सुत्ने कोठासम्म पुगेर खानतलासी नगरे हुने, त्यसले साना नानीबाबुलाई असर पु¥याउँछ !’
उहाँको आग्रह वक्ता तथा गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङप्रति लक्षित थियो । गुरूङले जवाफ दिनुभयाे, ‘यो बर्दी भनेको चिनारीको लागि लगाउने कुरा हो, परिचयको लागि पनि प्रहरीले बर्दी लगाउनु जरूरी हुन्छ । तर, व्यवहारको पाटो हो, हाम्रा व्यक्तिगत व्यवहारको कुरा हुन्छ, हाम्रो प्रहरीमा पनि सुधारको आवश्यकता छ । ’
उहाँले यसअघि नै सबै आरोपितहरूलाई हिरासतमै राखेर वा पक्राउ नै गरेर कारबाही गर्नु आवश्यक नभएको बताउनुभयाे । ‘सबै आरोप लागेका व्यक्तिहरूलाई समातेरै ल्याउनुपर्छ भन्ने पनि छैन । त्यो अनुसन्धान अधिकारीले निर्णय गर्ने कुरा हो । एउटा अभियुक्त भाग्दैन भन्ने ग्यारेण्टी भए, अनुसन्धान अधिकृत वा वकिललाई त्यो ग्यारेण्टी हुनुप¥यो । बाहिर छाड्दा प्रमाणह? नष्ट गर्दैन् भन्ने भएमा र उसबाट थप बदमासी हुँदैन भन्ने भए पक्राउ गर्नु आवश्यक हुँदैन ।’
उहाँले व्यावसायिक असफलतामात्र आत्महत्याको कारक नभएको तर्क पनि गर्नुभयाे। मानिसलाई सानैदेखि नैतिक शिक्षा दिनसके सानो समस्यामा पनि निराश हुने प्रवृत्तिबाट मुक्ति पाउन सकिने पनि उहाँले बताउनुभयाे । ‘अब आत्महत्या न्यूनीकरण हैन, मानशिक आत्मबल वृद्धिको अभियान थाल्नुपर्छ’,उहाँले थप्नुभयाे ।
चेक बाउन्सको हकमा अन्य प्रमाण जुटाउन आवश्यक नपरे प्रहरीले छिटो निरूपण खोज्ने गरेको पनि उहाँको भनाइ थियो । ‘चेक बाउन्स हुनेले पुलिसकहाँ गयो भन्ने छ, अर्को पक्षले गरिदिएन भन्ने पनि छ । हामीले मध्यस्थता गर्ने ठाउँसम्म हामीले गरेका छौँ’,उहाँले भने ।
अधिवक्ताले कालोसूचीमा राख्ने भनेको एउटा प्रक्रिया भएको र त्यसबाट व्यवसायीहरू हतोत्साही भइहाल्नु नपर्ने बताउनुभयाे । ‘त्यसको पनि कानूनी प्रक्रिया हुन्छ, कानूनी उपचार खोज्न सकिन्छ’,उहाँले भने,‘ नेपालको संविधान २०७२ ले व्यापार व्यवसायको अधिकार प्रदान गरेको छ । व्यवसाय गर्दा बाधा व्यवधान आउँछ ।
कानूनी उपचार खोजेर कालोसूची वा लिलामी प्रक्रियालाई पछाडि धकेल्न सकिन्छ र त्यतिबेलासम्म व्यवसाय सुधार्ने अवसर पनि आउँछ’, उहाँले भन्नुभयाे । कालोसूचीमा परेका वा धितो लिलामीमा जाने अवस्थामा कानूनी उपचार खोज्नेलाई निशुल्क कानूनी सेवा प्रदानको अवसर भएको पनि उहाँले जानकारी दिनुभयाे ।
अन्तरसंवादका अर्का वक्ता वरिष्ठ मनोचिकित्सक डाक्टर रविराज तिमिल्सिनाले आफूलाई केन्द्रमा राखेर सोच्ने हो भने तनाव व्यवस्थापन गर्न सकिने सुझाउनुभयाे । उहाँले आत्महत्या तत्कालको प्रतिक्रियाजस्तो देखिए पनि त्यो निर्णयको पछाडि लामो प्रक्रिया हुने तर्क पनि गर्नुभयाे ।
संघको ६९ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमका सहभागीहरूले बैंक तथा वित्तीय संस्थाहरूको ज्यादति र त्यसले व्यवसायीहरूमाथि पारेका प्रभावबारे विभिन्न जिज्ञासा राखेका थिए ।

