फ्लाइ दुबईको जहाज दुबईमा सुरक्षित अवतरण

 काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाज सुरक्षित अवतरण गरेकाे छ । जहाजको एउटा इञ्जिनमा समस्या देखिएपछि काठमाडौंमा अवतरणकाे तयारी गरिएकाे थियाे । दुबई मिडिया अफिसले जहाज सामन्य अवस्थामा अवतरण भएकाे जनाएकाे छ । यस बिषयमा थप अनुसन्धान हुने पनि जनाइएकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या देखिएको एयर ट्राफिक कन्ट्रोलरलाई जानकारी गराए पनि आकासमा नै उडान मापदण्ड अनुसारकाे चेकजाँचपछि गन्तव्यतर्फ गएकाे बुझिएकाे छ । फ्लाइ दुबईले भने जहाजकाे दायाँ पंखामा चरा ठाेक्किदा आगाेकाे झिल्का देखिएकाे र ठूलाे आवाज सुनिएकाे पछि समस्या समाधान भएर सुरक्षित रूपमा गन्तव्य तर्फ बढेकाे जानकारी गराएकाे थियाे ।

उक्त एअरलाइन्सले विमानको इञ्जिन फेल भएकाे बारे भने केही बताइकाे छैन । केहिवेर धादिङकाे धार्केमाथिकाे आकासमै होल्ड गरेर चालक दलले उडानलाई निरन्तरता दिइ जहाजलाइ सुरक्षित रूपमा गन्तव्यमै अवतरण गराएका हुन् ।

Facebook Comments