तनहुँमा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी हुनुभएकाे छ ।
प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका गाेविन्द भट्टराईसँग भारी मतान्तरसहित वाग्ले विजयी हुनुभएकाे हाे ।
भट्टराईले भन्दा करिब १५ हजार बढी मत अर्थात वाग्लेले ३४ हजार ९ सय १८ मत प्राप्त गर्नुभयाे ।
भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गर्नुभयाे भने तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत् प्राप्त गर्नुभयाे । दाेस्राे र तेस्राे प्रतिस्पर्धीकाे जाेड्दा हुने मत भन्दा पनि वाग्लेकाे मत बढी छ । खसेकाे मतकाे ५० प्रतिशत भन्दा बढी मत वाग्लेले हाँसिल गर्नुभएकाे छ ।
गाेर्खामा जन्मनुभएका वाग्ले अन्तर्राष्ट्रिय रूपमा ख्यातीप्राप्त अर्थविद हुनुहुन्छ ।
Facebook Comments

