चट्याङमा परी एकै गोठका ५४ वटा भेडा मरे
पूर्वी नेपालकाे पाँचथर जिल्लामा चट्याङमा परी एकै गोठका ५४ वटा भेडा मरेका छन् । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडाकाे समूह चट्याङमा परेकाे हाे ।
शनिबार साँझ परेकाे चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले संयुक्त रुपमा पाल्दै आएका १३० मध्य ५४ वटा भेडा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार उक्त संख्यामा भेडा मृत फेला परेका तथा १२ वटा घाइते फेला परेका छन् ।
चट्याङ लागेर भेडाको रेखदेख गर्ने साेही जिल्ला याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएपछि उपचार भइरहेकाे छ ।
Facebook Comments

