माओवादीका पूर्वलडाकूलाई राहत नबाड्न सर्वाेच्चकाे आदेश
सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकूलाई २ लाख रुपैयाँका दरले राहत दिने सरकारकाे निर्णय कार्यान्वयनमा राेक लगाएकाे छ । सरकारले गरेकाे निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हाे।
सरकारले तत्कालीन नेकपा (माओवादी) का लडाकूलाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारी वितरण गर्ने तरखर गरिरहेका बेला सर्वाेच्चले यस्ताे फैसला सुनाएकाे हाे । सरकारकाे निर्णयकाे विपक्षी दल एमाले लगायतले विराेध गरेका थिए ।
Facebook Comments

