जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना
जिल्ला समन्वय समिति स्याङ्जाको स्वामित्वमा रहेकाे स्कारपियो गाडी दुर्घटना भएको छ । साे गाडी दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने जिल्ला समन्वय अधिकारी सहित ३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको हाे ।
स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा १ झ ५८७८ नम्बरको गाडी दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएकाे उपचारका लागि अस्पताल लगिएकाे छ ।
Facebook Comments

