ताप्लेजुङ र पाँचथरमा पहिराे १० जना बेपत्ता
अविरल वर्षासँगै आएको बाढीले ताप्लेजुङ र पाँचथरमा गरी १० जना बेपत्ता भएका छन् । अविरल वर्षाले गर्दा पाँचथरमा बाढीमा परी ६ जना बेपत्ता भएका छन् भने भौतिक क्षति समेत भएकाे छ ।
हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका हुन् । त्यस्तै ताप्लेजुङमा अविरल वर्षापछिकाे पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएकाे समाचार छ ।
गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल र सोही स्थानका गणेश तामाङ बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीमा परेर बेपत्ता १६ जना बेपत्ता भएका छन् । भेटिएको शवको पनि पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।
यसैवीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्नुभएकाे छ ।
साथै, प्रधानमन्त्रीले बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गर्नुभएकाे छ ।
तस्वीरः फाइल

