प्रधानमन्त्री पत्नी सीता दाहालकाे निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी पत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ।

लामाे समयदेखि दुर्लभ खालकाे पार्किन्सन्स राेगबाट पीडित भइ सिकिस्त रहनुभएकी दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीले जानकारी दिएकाे छ ।

प्रधानमन्त्रीपत्नी सीता दाहालको अक्सिजन मात्रा घटेपछि उपचारका लागि बुधबार बिहान अस्पताल पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो।

दाहालकाे पार्थिव शरीर बिहान ११ बजेसम्म पार्टी कार्यालयमा राखिने र आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ।

Facebook Comments