एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जानुभएकाे हाे ।

निर्वाचनकाे पर्यवेक्षणका लागि ओली मंगलबार राति कम्बाेडिया भ्रमणमा जानुभएकाे हाे । अध्यक्ष ओलीसँगै भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत रहेका छन् ।

कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलकाे कार्यावाहक दलनेताकाे जिम्मेवारी सुवास नेम्वाङलाई दिनुभएको छ ।

Facebook Comments