प्रतिनिधिसभाकाे बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

संसदमा सत्ता पक्ष र प्रतिपक्षी दलकाे सुन प्रकरण छानविनका सम्बन्धमा देखिएकाे असमझदारीका कारण सूचारू हुने संभावना भने कम छ ।

यद्यपि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आइतबार (आज)देखि संसदको अवरोध हट्ने आशा व्यक्त गर्नुभएकाे थियाे । संसदकाे अवराेध हटाउने सम्बन्धमा पटक पटक सत्तापक्ष र प्रतिपक्षवीच छलफल भएपनि समझदारी हुन सकेकाे छैन ।

शनिबार पनि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल भएको थियो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेले लामाे समयदेखि संसद अवरूद्ध गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविन समिति गठनकाे माग गरेकाे छ भने सरकारका अंगहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण संसद बैठक बस्न सकेको छैन ।

Facebook Comments