काेशीमा ठूलाे दलकाे नेतालाई मुख्यमन्त्री बनाउन सर्वाेच्चकाे परामदेश

कोशी प्रदेशको सबभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री बनाउन सर्वाेच्च अदालतले परमादेश जारी गरेको छ ।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमाले सर्वोच्च गएको थियो। एमालेले दर्ता गरेकाे रिटकाे सुनुवाइपछि आदेश अनुसार थापा नेतृत्वकाे सरकार विघटन भएकाे छ ।

थापा अदालतकाे आदेशबाट दाेस्राेपटक पदमुक्त हुनुभएकाे हाे । दुवै पटक तटस्थ भूमिकामा रहनुपर्ने सभामुखकाे समेत समर्थनमा थापा मुख्यमन्त्री बन्नुभएकाे थियाे । अदालतकाे आदेश अनुसार काेशी प्रदेशमा अब ४८ घण्टाभित्र धारा १६८ उपधारा ३ अनुसार संसदको ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।

न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त आदेश दिएको हो।

कोशीका प्रतिपक्षी दलका नेता हिक्मत कार्कीले दिएको रिटमाथि न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले सोमबारदेखि अन्तिम बहस सुन्न थालेको थियो।

उक्त मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो।

Facebook Comments