संविधान दिवसमा प्रधानमन्त्रीकाे सन्देशः जनताकाे जीवनस्तरमा परिवर्तन ल्याउने अभियान जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियान जारी रहेको बताउनुभएकाे छ ।

नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिककाे जीवनस्तरमा आमूल परिवर्तन गर्ने अभियानमा रहेकाे बताउनुभएकाे हाे ।

उहाँले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको पनि सन्देशमा उल्लेख गर्नुभएकाे छ ।

संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले शहीदहरुले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उनीहरुले देखेको समृद्ध नेपालको सपनालाई साकार पार्न संविधान दिवसको अवसरमा प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएकाे छ ।

Facebook Comments