गैरआवासीय नेपाली संघ एनआरएनमा विवाद

समानान्तर समिति घाेषणा

गैरआवासीय नेपाली संघ एनआरएनए विभाजित भएको छ । निर्वाचन परिणामका बिषयमा असन्तुष्ट रहेको र पराजित भनिएको समुहले निर्वाचन परिणाम अस्वीकार गर्ने दोहोर्‍याएको छ ।

असन्तुष्ट समूहले शनिबार ललितपुरस्थित एक होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै निर्वाचनको परिणाम नमान्ने र अहिलेकै बन्दसत्रबाट नयाँ बाटो तय गरेको बताएको छ । साे समूहले समानान्तर समिति घाेषणा गरेकाे छ ।

पत्रकार सम्मेलनमा अध्यक्षमा पराजित भएका आरके शर्माले परिणाम नमान्ने दोहोर्याउँदै मतपरिणाममा भएको त्रुटीबारे १५ दिनभित्र अनुसन्धान गर्ने सहमति विजयी पक्षले तोडेको आरोप लगाउनुभयो ।

‘१४ दिनभित्र अनुसन्धान गर्ने र कुनै गल्ति भेटिए पुन:मतदान गर्न उहाँहरु पनि सहमत हुनुभएको थियो । तर, आज नाटकीयरुपमा बिहानै आतुरी गरेर सपथग्रहण गर्नुभयो । यो जालसाँझी हो ।’ शर्माले भने ‘ उहाँ आफूले आफूलाई अध्यक्ष घोषणा गर्नुभएको छ, तर उहाँ अध्यक्ष होइन ।’

सहमति विपरित आजै सपथ खानुले धाँधली भएको पुष्टि हुने उहाँको तर्क छ । यही सम्मेलनको बन्दसत्रलाई निरन्तरता दिन र नयाँ बाटो तय गरेर जान उहाँको आग्रह छ । असन्तुष्ट समूहले कार्य समिति नै चयन गरेको जनाएकाे छ ।

नयाँ कार्यसमितिले पठाएको विवरणअनुसार राजेन्द्रकुमार (आरके) शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । ११ औं महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार रहनुभएकाे थियाे ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ(रोविन)चयन भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिवमा बुद्धिसागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।

उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएकी छन् ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् ।

यता महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ ।

त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ । सम्पूर्ण कार्यसमितिको नामावली अन्तिम टुंगो लागेपछि केही दिनभित्र शपथ कार्यक्रम राखेर काम अघि बढाइने अध्यक्ष शर्माले जानकारी दिनुभयाे ।

यसैगरी बन्द सत्रले डी बी क्षेत्रीको अध्यक्षतामा आनन्द बिष्ट, डा बलराम श्रेष्ठ, ओम शर्मा, बेद खरेल रहेको एक अध्यक्ष मण्डल गठन गरेको छ। त्यस्तै दुर्गा आचार्यको संयोजकत्वमा विश्व बराल, नारायण थापा, शनि ओली, बिष्णु सुवेदी र पुष्प थापा सदस्य रहेको निर्वाचन समिति पनि गठन गरेको छ। बन्द सत्रले महासचिव डा केशव पौडेल, कोषाध्यक्षहरु सुनील साह, लोक दाहाल तथा विधान समितिका सचिव गंगाधर गौतमले पेश गरेका प्रतिवेदनहरु पारित गरेको थियो।

Facebook Comments