सर्वाेच्चद्वारा रिगलको कैद मिनाहा गर्ने निर्णय बदर

सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने सरकारकाे निर्णय बदर गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले कैद मिनाहा गर्ने सरकारकाे निर्णय बदर गर्न उत्प्रेषणको आदेश दिएकाे हाे ।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै पुनः रिगललाई पक्राउ गर्न भनेकाे हाे ।

सर्वोच्चले चेतन मानन्धर हत्याको मुद्दा हाल सर्वोच्च अदालतमा पुनरावेदनकै क्रममा रहेकाले यसमा कैद छुट तथा मिनाहा दिन नमिल्ने भनेको छ । त्यस्तै रिगलको कैद मिनाहा गर्नुको उचित कारण पनि सरकारले उल्लेख नगरेको सर्वोच्चको ठहर छ ।

साथै सरकारले सर्वाेच्चका यसअघिका फैसलाकाे नजिर, कैद छुटको निर्णय गर्दा कारागार नियमावलीको व्यवस्था र पीडितको समेत सहमति लिनुपर्ने सर्वोच्चकाे फैसलामा उल्लेख छ ।

सर्वोच्चकाे फैसलापछि रिगलले ११ वर्ष, ११ महिना ५ दिन कैद भुक्तान गर्नुपर्ने हुन्छ ।

Facebook Comments