बेलायतमा पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन विदेशमन्त्री नियुक्त
बेलायती प्रधानमन्त्री ऋषि सुनकले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्री नियुक्त गर्नुभएकाे छ ।

सन् २०१० देखि सन् २०१६ सम्म बेलायतको प्रधानमन्त्री रहनुभएका क्यामरूनले युरोपेली संघबाट बाहिरिने पक्षले जनमतसंग्रह जितेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे । क्यामरून युराेपेली संघमा नै रहनुपर्ने मान्यता राख्ने भएकाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे ।
क्यामरुनलाई विदेशमन्त्री बनाउने सुनकको निर्णयलाई धेरैले अनाैठाे मानेका छन् । सुनकले विवादित सुएला ब्रभरमेनलाई गृहमन्त्रीबाट बर्खास्त गरी विदेशमन्त्री रहनुभएका जेम्स क्लेभेर्लीलाई गृहमन्त्री नियुक्त गरिएको छ ।
Facebook Comments

