दक्षिण कोरियामा कार्यरत नेपालीलाई योगदानमा आधारित पेन्सन दिन सांसद पौडेलको आग्रह
नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वर्षगाँठमा कोरिया नेपाल पार्लियामेन्ट कमिटीद्वारा कोरियाको राजधानी सोलस्थित नेशनल एसेम्बली हाउसमा आयोजित विशेष कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपाली कामदारलाई पनि कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन आग्रह गर्नुभयो ।
उहाँले समय सकिएपछि थप काम गर्न चाहनेका लागि नेपाल सरकारसँग समन्वय गरेर भिसा थप गर्न समेत कोरिया सरकारसँग आग्रह गर्नुभयो ।
Facebook Comments

