प्रधानन्यायधीशका लागि चोलेन्द्र शमशेर जबरा सिफारिस
सर्वोच्च अदालतको प्रधानन्याधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्को विहीबार विहान बसेको बैठकले सर्वोच्च अदालतका बरिष्ठ न्यायधीश जबरालाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो ।
यसअघि प्रधानन्यायधीशमा सिफारिस हुनुभएका दीपकराज जोशी र जबराको नाम प्रधानन्याधीशका लागि न्यायपरिषद्ले सिफारिस् गरेको थियो । जोशीलाई संवैधानिक परिषद्ले प्रधानन्यायधीशका लागि सिफारिस गरिएपनि संसदको सार्वजनिक सुनुवाई समितिले अस्वीकृत गरिदिएको थियो ।
यसपटक भने न्यायपरिषद्ले दीपकराज जोशीलाई यसअघि संसदीय सनुवाई समितिबाट अस्वीकृत भनेर कैफियतमा उल्लेख गरी सिफारिस गरेको थियो ।
Facebook Comments

