पोखरा थण्डर्स र ललितपुर सिटी एफसी फाइनल पुग्न प्रतिस्पर्धा
नेपाल सुपर लिग (एनएसएल) २०२३ को फाइनलमा पुग्ने दाेस्राे टाेलीकाे टुंगाे आज लाग्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँज साढे ५ बजे हुने दोस्रो क्वालिफायरमा पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिवार हुने फाइनलमा धनगढी एफसीसँग खेल्नेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा पुगिसकेकाे छ ।
पहिलो क्वालिफायरमा पराजित भए पनि पोखराले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो ।
Facebook Comments

