सत्ता गठबन्धनमा मतभेदः एकीकृत समाजवादी लगायतका साना दल असन्तुष्ट

सत्ता गठबन्धनमा रहेका दलहरूवीच मतभेद देखिएकाे छ। सरकार सञ्चालन र राष्ट्रिय सभा सिट बाँडफाँटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र हावी भएकाे भन्दै नेकपा एकीकृत समाजवादी सहितका साना दलहरू असन्तुष्ट देखिएका हुन् ।

यही माघ ११ हुन लागेकाे राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मात्र भागबण्डा गरेपछि साना दलहरू असन्तुष्ट देखिएका हुन् ।

पछिल्लाे समय गठबन्धनको बैठकमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी भएका छैनन ।

असन्तुष्टी स्वरूप जनमत पार्टीले मधेस र लुम्बिनीमा अन्य क्लस्टरबाट छुट्टै उम्मेदवार उठाएको छ ।

ती दल बाहेकका अन्य दल सम्मिलित पुस २९ मा बसेकाे बैठकले गठबन्धनबाट उम्मेदवारी दिएका १९ जनालाई विजयी गराउन अपिल गरेको थियो । एकीकृत समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले कांग्रेस र माओवादी केन्द्रले हेप्ने गरेकाे भन्दै गठबन्धनमा सहभागिता सम्बन्धमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभएकाे छ ।

Facebook Comments