पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकप सेमिफाइनलमा
चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै चर्च ब्वाइज युनाइटेडले सेमीफाइनलमा प्रवेश गरेकाे हाे ।

समिर तामाङकाे एक मात्र निर्णायक गोलकाे सहायताले चर्च ब्वाइजले सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे । ।
अघिल्लाे वर्ष पनि क्वार्टरफाइनलमै चर्चब्वाइजसँग पुलिस पराजित भएको थियो । २३ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् ।
अब चर्च ब्वाइजले माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । पहिलो सेमिफाइनलमा भोलि बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
Facebook Comments

