आहारारा पोखरा गोल्डकप: थ्री स्टार क्लब फाइनलमा

थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्रि स्टार क्लव फाइनल प्रवेह गरेकाे हाे ।

खेलको ७८ औं मिनेटमा दिपेश घलेकाे एक मात्र गाेल नै फाइनल प्रवेशका लागि सहयाेगी बनयाे ।

थ्रीस्टारले २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा गरी आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ ।

भाेली हुने त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको अन्तिम सेमिफाइनलकाे विजेतासँग थ्री स्टारले उपाधिका लागि शनिबार फाइनल खेल्नेछ ।

Facebook Comments