माैसमः हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ । साेही कारण शुक्रबार पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

शुक्रबार दिउँसो पनि आंशिकदेखि साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेकाे छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ ।

यसैगरी, शुक्रबार राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशीको  पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । चिसो अत्यधिक बढेकाले आवश्यक सतर्कता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments