रास्वपा संसदीय दलको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ ।
आगामी सोमबारदेखि हिउँदे अधिवेशन बोलाइएकोमा त्यसको तयारीका लागि छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयाे ।
उनका अनुसार मुलतः बैठकमा चार वटा विषयहरूमाथि छलफल हुनेछ । बैठक विहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ ।
सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई हिउँदे अधिवेशनको तयारीका विषयमा तीन वटा प्रश्नहरू पठाउनुभएकाे र साेकाे सांसदहरूले जवाफ पठाएकाले साेही विषयमा समेत छलफल हुने बताइएकाे छ ।
परियारका अनुसार तत्काल बन्नुपर्ने ४० कानूनहरुमध्ये सम्बन्धित समितिमा भइरहेको तयारी र छलफल, त्यसमा पार्टीका एजेण्डा समेटिए÷नसमेटिएको अवस्था र आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दाका विषयमा छलफल चलाउने तयारी छ ।
Facebook Comments

