शान्तिलाई संस्थागत गर्न काेरियमा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको भेला
एचडब्ल्युपीएलको डिक्लेरेसन ऑफ पीस सिसेसन ऑफ वार (डीपीसीडब्ल्यु) को ८ औं वार्षिक समारोह सम्पन्न भएकाे छ ।
मार्च १४ मा आयोजित साे भेलामा रूस-युक्रेन युद्ध, इजरायल-हमास युद्ध, जस्ता द्वन्द्वहरू र असंख्य अन्तर्राष्ट्रिय विवादहरूले ३३,००० भन्दा बढी नागरिकको ज्यान गएकाे र लाखौं नागरिक विस्थापित भएकाे बिषयमा छलफल भएकाे थियो।
दक्षिण काेरियामा स्थापित हेभेन्ली कल्चर, वर्ल्ड पीस, रिस्टोरेसन ऑफ लाइट (एचडब्ल्युपीएल)ले दक्षिण कोरियाकाे ख्यांघी दो, ख्याप्योङको आफ्नो शान्ति प्रशिक्षण संस्थानमा शान्तिको घोषणा र युद्धको अन्त्य (डीपीसीडब्ल्यु) को ८ औं वार्षिक समारोह आयोजना गरेकाे हाे । कार्यक्रम “शान्तिको मन निर्माण: अन्तरसांस्कृतिक संवाद र समझदारी मार्फत संस्थागत शान्ति प्रवर्द्धन।” भन्ने उद्देश्यमा प्रेरित थियाे ।
मार्च १४, २०१६ मा डीपीसीडब्ल्यु को घोषणा पछि, एचडब्ल्युपीएलले शान्तिको संस्थागतीकरणको वकालत गर्न लगातार वार्षिक स्मारक समारोहहरू आयोजना गर्दै आएको छ। यस वर्ष, कार्यक्रममा विभिन्न क्षेत्रका करिब १२,५०० प्रतिष्ठित विशेषज्ञहरू – राजनीतिक, कानुनी, धार्मिक, शैक्षिक, मिडिया, र महिला र युवा क्षेत्रका प्रतिनिधिहरू अनलाइन र प्रत्यक्ष रूपमा भेला सहभागी भएका थिए ।
१५ देशका अन्तर्राष्ट्रिय कानुनी विशेषज्ञहरूसँगको सहकार्यमा तयार पारिएको डीपीसीडब्ल्यु मा १० वटा धारा र ३८ वटा उप-धाराहरु छन्। यसमा द्वन्द्व रोक्न र समाधान गर्न, शान्तिपूर्ण विश्वव्यापी समाजको विकास गर्न आवश्यक सिद्धान्तहरू र उपकरणहरूको रूपरेखा प्रस्तुत गर्दछ, र स्थायी शान्ति प्राप्त गर्न व्यक्ति, समुदाय र राष्ट्रहरूका लागि स्पष्ट भूमिकाहरू उल्लेख छ ।

