प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा

सरकारले महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन हेतु ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सरकारको नीति तथा कार्यक्रम मंगलबार संघीय संसदको संयुक्त बैठकमा वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रमको घोषणा गर्नुभएकाे हाे ।

मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा वडाकेन्द्रित विशेष महिला तथा सामाजिक विकास कार्यक्रम अन्तर्गत महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले बालबालिकामाथिको दुर्व्यवहार, महिला माथिको हिंसा, मानव बेचविखन तथा बलात्कार, दाइजो, छाउपडीजस्ता सामाजिक विकृति, शोषणको अन्त्य गरिने समेत नीति कार्यक्रममा उल्लेख गरेको छ ।

यस्तै, कार्यक्रममा महिलालाई न्यायिक सहज पहुँच पुर्याउनका लागि सबै प्रहरी चौकीमा महिला सहायता कक्षको व्यवस्था गरिने उल्लेख छ ।

Facebook Comments