एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिने
नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज समापन हुँदैछ । बैठकमा महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुमाथि छलफल भइरहेकाे छ ।
ललितपुरको बालकुमारीस्थित कान्तिपुर सिटी प्यालेसमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालकाे राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालकाे पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले पेश गर्नुभएकाे विधान संशोधन र महासचिव घनश्याम भुसालकाे सांगठनिक प्रतिवेदनमाथि छलफल भइरहेकाे छ ।
ती प्रतिवेदनहरूमाथि केन्द्रीय कमिटीमा १२ वटा समूह विभाजन गरी छलफल चलिरहेको र समूहगत रूपमा छलफलकाे निष्कर्षबारे बैठकमा प्रस्तुत गर्ने र बैठक समापन गर्ने तयारी रहेकाे साे पार्टीले जनाएकाे छ ।
एकीकृत समाजवादीले आगामी असर १० देखि १६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने मिति तोकेको छ ।
Facebook Comments

