नीतिगत, कानुनी तथा संरचनागत सुधारकाे प्रयासमा छाैं -प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदैं नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्‍ट्र निर्माणमा अगाडि बढिरहेकाे बताउनुभएकाे छ ।

साथै प्रधानमन्त्रीले त्यसैअनुरूप सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जनका लागि सरकारले काम गरिरहेकाे उल्लेख गर्नुभएकाे छ ।

साथै गणतन्त्र स्थापनापछि संविधानसभाबाट बनेकाे नेपालको संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको प्रधानमन्त्रीकाे शुभकामना सन्देशमा उल्लेख छ ।

Facebook Comments