लिग टूको अमेरिका सिरिज नेपाली टिम घाेषणा
नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टिममा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
सिरिज अन्तगर्गत आज नेपालले अमेरिकासँग खेल्दै छ।

अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा आज बेलुका सवा ९ बजे नेपालले घरेलु टोलीसँग लिग-२ को खेल खेल्न लागेको हो।
लिग-२ खेल्नुअघि अमेरिकासँग टी-२० सिरिज खेलेको नेपालले सिरिज क्लिन स्वीप गरेको थियो। सिरिजपछि अमेरिका र स्कटल्याण्डसँग लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो ।

