रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुभएकाे छ ।

कास्की जिल्ला अदालतले धराैटीमा छाड्न दिएकाे आदेशपछि अदालतमा स्वयं उपस्थित हुने गरी लामिछानेलाई प्रहरीले रिहा गरेकाे थियाे ।

लामिछाने विरूद्ध पर्सा, रूपन्देही, चितवन र काठमाडौंमा सहकारी प्रकरणमा नाम जाेडिएकाे छ ।

काठमाडाैंमा स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने आइतबार बिहान अदालतमा उपस्थित हुने बताइएकाे छ ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Facebook Comments