लुक्ला उडेकाे समिट एयरकाे ट्वीनअटरमा समस्या, काठमाडाैंमा नै पुनः अवतरण
लुक्लाका लागि उडेको समिट एयरको ट्वीनअटर जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको छ।
सोमबार बिहान लुक्लाका लागि उडान भरेकाे समिट एयरको फ्लाइट नम्बर ३०१ जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान ७:२४ बजे उक्त जहाजलाई विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो।
इन्जिनमा समस्या आएपछि फेरि काठमाडौं डाइभर्ट गरि विमानस्थलमा सुरक्षित अवतरण गराइएकाे विमानस्थल श्राेतले जनाएकाे छ ।
जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको प्रवक्ता शेर्पाले जानकारी दिए।
Facebook Comments

