राष्ट्र बैंकको १८ औं गभर्नरमा पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा अर्थविद् विश्वनाथ पौडेल नियुक्त हुनुभएकाे छ ।

मंगलबार बसेकाे मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई गभर्नरमा नियुक्ति गरेकाे हाे ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिनुभयाे ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले मंगलबार अपराह्न विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।

यसअघि गभर्नर नियुक्तिकाे बिषयमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेवीच रस्साकस्सी जस्तै भएकाे थियाे ।

मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएकाे छलफलमा पाैडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएकाे थियाे ।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर पद रिक्त थियाे । नवनियुक्त गभर्नर पाैडेलले अर्थतन्त्रलाई सन्तुलित बनाउन अनुशासित र पारदर्शी भएर काम गर्ने बताउनुभएकाे छ ।

Facebook Comments