ज्ञानेन्द्र शाहद्वारा भेटघाटमा तीव्रता
राजावादी समूहका नेताहरूसँग गाेप्य छलफल
पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी नेताहरुवीच गाेप्य छलफल भएकाे खुलेकाे छ ।
नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । साे समूहले राजा फर्काएर छाड्ने बताउने गरेकाे छ ।
बिहीबार सुवेदीसहित केही नेताहरुसँग शाहकाे लन्च मिटिङ भएकाे बताइएकाे छ । यसअघि कहिले निर्मल निवास त कहिले नगरकाेटमा शाहले राजावादी नेताहरूसँग भेट गर्नुभएकाे थियाे ।
राजधानीको साेल्टी होटलमा ज्ञानेन्द्र शाहले नवराज सुवेदीसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अर्का राजावादी नेता केशर बहादुर विष्टसँग छलफल गर्नुभएकाे हाे ।
पूर्वराजा शाहै चाहना अनुसार छलफल बिषय सार्वजनिक गरिएकाे छैन । राजतन्त्रको पुनर्स्थापना आफूहरूकाे बटमलाइन भएकाे राजावादी समूहकाे जिकीर छ ।

