पोखराकी शान्ती उदासलाई अन्तर्राष्ट्रिय अवार्ड

पोखराकी शान्ती श्रेष्ठ उदासले अन्र्तराष्ट्रिय अर्वाड प्राप्त गर्नुभएकाे छ ।

सिंगापुरमा आयोजित अमेरिकाको प्रतिष्ठित दि इन्टरनेशनल अवार्ड फोरमले उदासलाई ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड प्रदान गरेको हो । फोरमले विश्वका बिभिन्न देशका उद्यमी एवम समाजसेवीहरुलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्ने गरेको छ ।

उदाससंगै अन्य देशका व्यक्तिहरुमा सम्मानित भएका छन् । उदास पोखराको नदिपुरमा महिला तथा युवाहरुको सीप र व्यावसायिक दक्षता अभिबृद्धिका लागि स्थापना गरिएको सारथी केन्द्र तथा बिभिन्न सीपमुलक तालिमहरु पश्चात उत्पादित स्थानिय उत्पादनहरुको बजारीकरणका लागि खोलिएको सृष्टि क्रियशनको अध्यक्षका रुपमा कार्यरत रहनुभएकाे छ ।

Facebook Comments