नवलपरासीमा माेटरसाइकल दुर्घटना हुँदा २ जनाकाे मृत्यु

नवलपुरासीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान नवलपरासीकाे मध्यविन्दु नगरपालिका ७ अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका ७ स्थित चोरमारा बस्ने २४ वर्षका नविन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन रहेकाे प्रहरीले जनाएकाे छ। 

अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बाटो चिप्लो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीकाे अनुमान छ ।

दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका ५ घर भई मध्यविन्दु ७ चोरमारामा बस्ने २८ वर्षका मनिष घर्ती मगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

Facebook Comments