राष्ट्रियसभाको बैठक बस्दै
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
Facebook Comments

