निजामती कर्मचारीलाई सरकारी नियुक्तिका लागि ‘कुलिङ पिरियड’ दुई वर्ष नै कायम
अवकाश नहुँदै सरकारी सुविधाका नियुक्ति लिन सेटिङ मिलाउने उच्च तहका कर्मचारीहरूले अव भने त्यस्ताे नियुक्तिका लागि २ वर्ष कुर्नुपर्ने भएकाे छ ।
प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती विधेयकमा निजामती कर्मचारीलाई सरकारी नियुक्तिका लागि ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरिएकाे छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट ‘संघीय निजामती सेवा विधेयक, २०८२’ पारित भएको हो।
पास भएको विधेयकले निजामती सेवाबाट अवकाशपछि अर्को नियुक्तिका लागि समय अन्तर ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरेको छ। उच्च प्रशासकहरूले कुलिङ पिरियड हटाउन ठुलो कसरत गरेका थिए । त्यस्तै, निजामतीको अनिवार्य अवकाश उमेर ६० वर्ष कायम भएको छ भने अतिरिक्त सचिवको नयाँ व्यवस्था पनि विधेयकमा गरिएकाे छ।
Facebook Comments

