बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिंदै
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिनुहुनेभएकाे छ ।
१४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन लाग्नुभएकाे हाे ।
कांग्रेसभित्रैबाट राजीनामाकाे लागि अत्याधिक दबाब भएपछि पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर लामाले राजीनामा दिने निर्क्याैल गर्नुभएकाे हाे ।
लामाकाे राजीनामापछि कांग्रेसकै इन्द्रबहादुर बानियाँले सरकारकाे नेतृत्व गर्नुहुने भएकाे छ । यसअघि लामाले नियुक्त गर्नुभएका तर सपथ ग्रहण गर्न नपाएका तीन जना मन्त्रीलाई बानियाँकाे मन्त्रीमण्डलमा समावेश गर्ने सहमति भएकाे बताइएकाे छ ।
एमालेसँगकाे गठबन्धन सरकार भएकाले ८ महिनापछि बानियाँले पनि सरकार छाड्नुपर्ने हुन्छ ।
Facebook Comments

