माैसमः लुम्बिनी, कोशी,कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षा

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ।

चार प्रदेशका केही स्थानमा भने भारी वर्षाकाे संभावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी प्रदेशको तराइ लगायत कोशी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा धेरै र देशका बाँकी पहाडी भू-भागका केही स्थानहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू-भागगका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले आज राती देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राती कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Facebook Comments