तीजमा प्रधानमन्त्रीकाे शुभकामनाः प्राचीन कालमा पतिपत्नी दुवै व्रत बस्ने चलन थियाे
प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्वको अवसरमा शुभकामना दिनुभएकाे छ ।
हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस पर्वकाे मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताउनुभउकाे छ ।
प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएकाे छ । साथै उहाँले प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेकोमा पछिल्लाे समय महिलामात्रै व्रत बस्ने परम्परा विकसित भएकाे उल्लेख गर्नुभएकाे छ ।
उहाँले वर्त बस्ने संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिनुपर्नुे बताउनुभएकाे छ ।
प्रधानमन्त्रीकाे सन्देश

Facebook Comments

