पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे थाक्रेमा पहिराे, राजमार्ग अवरूद्ध

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको थाक्रेमा पहिराेका कारण सवारी अवरूद्ध भएकाे छ। थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिलाेमा बिहान साढे तीन बजेतिर पहिरो खसेर दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको हो ।

लेदोसहितको पहिरो खसेकाे स्थानमा जेसीबीको सहयोगमा पन्छाउन लागिएकाे छ । बुधवार राति खसेको पहिरो पन्छाएपछि पुनः लेदाे सहितकाे पहिराे खसेकाे थियाे । काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएकाे धादिङ प्रहरीले जनाएकाे छ । 

Facebook Comments