रास्वपाले रूपन्देहीमा हुने उपनिर्वाचनका लागि उम्मेदवार घाेषणा गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठकमा विभिन्न एजेण्डमा छलफल हुने भएपनि रुपन्देही–३ उम्मेदवार छनाैटकाे एजेण्डा मुख्य रहेकाे छ ।
पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हाे ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुनेछ ।
बैठक पश्चात् पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम हुने पार्टीले जनाएको छ ।
Facebook Comments

