गाेरखामा बस दुर्घटना हुँदा २१ जना घाइते

 गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् ।

बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्रिबस काठमाडौँबाट गोरखाको माछीखोला जाँदै गर्दा दुर्घटनामा परेकाे हाे ।

प्रहरीका अनुसार गाेरखा जिल्लाकाे भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटे नजिक गोरखा–आरुघाट सडकखण्डमा बिहान ५ बजे दुर्घटना भएको हाे ।

गति अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका कुल २१ जनामध्ये १९ जनाको उपचार प्राथमिक उपचार केन्द्र आरुघाटमा भइरहेको छ भने २ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आरुघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १५ जना सुरक्षाकर्मी र नेपाल प्रहरीको संयुक्त टोलीले घाइतेको उद्धार गरेको थियाे ।

Facebook Comments