जेन-जीकाे देशैभर प्रर्दशन, प्रहरीकाे गाेली लागेर १९ जनाकाे मृत्यु
सामाजिक सञ्जाल बन्द गर्ने सरकारकाे निर्णयकाे विराेधमा उत्रेकाे जेन-जी पुस्ताकाे प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

काठमाडौंको बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ जनाकाे मृत्यु भएकाे हाे । इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएसँगै प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको हो ।
प्रहरीकाे गाेली लागेर सयाैं घाइते भएका छन् । घाइतेमध्ये कतिपयकाे अवस्था गम्भीर छ ।
उपचारका क्रममा काठमाडाैंमा रहेका अस्पतालहरूमध्ये ट्रमा सेन्टरमा ८, एभरेस्टमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएको हो ।
विभिन्न अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ ।
सामाजिक सञ्जालमा सरकारले लगाएकाे राेक एवं मुलुकमा व्याप्त भ्रष्टाचारका विरुद्धमा ‘जेन–जी’हरु प्रदर्शन केन्द्रित रहेकाे छ । काठमाडौं, पाेखरा, वीरगंज, नारायणगढ, नेपालगंज, बुटवल दाङ, दमक, विर्तामाेड लगायतका मुख्य सहरहरूमा प्रदर्शन भएकाे छ ।

