जेन जीकाे प्रर्दशनः गृहमन्त्री रमेश लेखककाे राजीनामा

गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएकाे छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिनुभएकाे हाे ।

सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा १९ जनाकाे मृत्यु भएपछि सरकार र गृहमन्त्रीकाे चर्काे विराेध भएकाे थियाे ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएकाे हाे ।

प्रर्दशनमा सयाैं घाइते भएका छन् ।

Facebook Comments