काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश
काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । जेन जी पुस्ताकाे हिजाे भएकाे प्रर्दशनमा १९ जनाकाे ज्यान जानुकाे साथै सयाैं घाइते भएकाे घटनापछि हिजाे पनि काठमाडाैं र ललितपुरमा कर्फ्यु आदेश जारी गरिएकाे थियाे ।
काठमाडाैं जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुनेगरी काठमाडौं महानगरको चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेकाे हाे । काठमाडाैंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गाेली हान्न आदेश दिएकाे भन्दै सर्वत्र आलाेचना भइरहेकाे छ ।

Facebook Comments

