देशका विभिन्न जिल्लामा कर्फ्यु आदेश

काठमाडौँ उपत्यका सहित मुलुकका विभिन्न जिल्लाका सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ । जेनजीको आन्दोलनलाई लक्षित गर्दै काठमाडाैं उपत्यकाका काठमाडाैं, ललितपुर र भक्तपुर, कास्की, रूपन्देही, विर्तामाेड लगायतका स्थानमा सम्बन्धित जिल्ला प्रशासन कार्यलयबाट कर्फ्यु आदेश जारी गरिएकाे छ ।

कर्फयुका बाबजुद पनि काठमाडाैंकाे बानेश्वर क्षेत्र, कलंकी, किर्तीपुर, ललितपुरका विभिन्न स्थानमा प्रदर्शन शुरू भएकाे छ । प्रदर्शनमा सहभागीहरूले भाद्र २३ गते हिजाे भएकाे प्रदर्शनमा हत्या गरिएका १९ जनाकाे संसद भवनमा शालिक बनाएर राख्नुपर्ने सहिद घाेषणा गर्नुपर्ने बताएका छन् ।

प्रहरीले भने प्रदर्शनमाथि दमन शुरू गरेकाे छ ।

Facebook Comments