जेनजी आन्दोलनः आज शोक मनाइँदै
सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक मनाइँदैछ ।
अन्तरिम सरकारकाे गत भाद्र ३० गते बसेकाे मन्त्रिपरिषद् बैठकले असाेज १ गते राष्ट्रिय शाेक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेकाे थियाे ।

भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जनाको मृत्यु भएको थियो । निधन हुनेमा अधिकांश जेनजी युवाहरू रहेका छन् ।
सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्युवरण गर्नेहरूलाई सहिद घाेषणा गर्ने निर्णय गरेकाे छ ।
उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।
सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो ।
प्रदर्शनका क्रममा घाइते भएका दर्जनाैकाे अहिले पनि राजधानी काठमाडाैंका विभिन्न अस्पतालहरूमा गम्भीर अवस्थामा उपचार भइरहेकाे छ ।

